बुधबार, वैशाख १७, २०८२

तालिवानको कब्जासँगै अमेरिकाद्वारा सवा एक लाख अफगानीको उद्धार

मेरोन्यूज २०७८ भदौ १२ गते २०:३१

काठमाडौँ । अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप ६ हजार ८ सय जनालाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उद्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन् । यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अफगानिस्तान छाडेर अन्य देश गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका विमानबाट मात्रै झण्डै ६ हजार ८ सय जना बाहिरिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उद्धार गरेकाहरुको संख्या एक लाख ११ हजार ९ सय पुगेको छ । अफगानिस्तानको केन्द्रीय राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई उद्धार गरिएको हो ।

अफगानिस्तान छोड्न चाहनेको भीड विमानस्थलमा निरन्तर लागेपछि उनीहरुलाई रोक्न बिहीबार विमानस्थल नजिकै बम विस्फोटन गराइएको थियो । विस्फोटनमा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ । तर उद्धार गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया