तालिवानको कब्जासँगै अमेरिकाद्वारा सवा एक लाख अफगानीको उद्धार

काठमाडौँ । अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप ६ हजार ८ सय जनालाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।
तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उद्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन् । यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अफगानिस्तान छाडेर अन्य देश गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका विमानबाट मात्रै झण्डै ६ हजार ८ सय जना बाहिरिएको अधिकारीहरुले जनाएका छन् ।
योसँगै अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उद्धार गरेकाहरुको संख्या एक लाख ११ हजार ९ सय पुगेको छ । अफगानिस्तानको केन्द्रीय राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई उद्धार गरिएको हो ।
अफगानिस्तान छोड्न चाहनेको भीड विमानस्थलमा निरन्तर लागेपछि उनीहरुलाई रोक्न बिहीबार विमानस्थल नजिकै बम विस्फोटन गराइएको थियो । विस्फोटनमा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ । तर उद्धार गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
प्रतिक्रिया