ढेड महिनासम्म सरकार अझै अपूर्ण
बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालको भेटवार्ता
मन्त्रीपरिषद् विस्तारमा छलफल, मन्त्रालय भागवन्डामा केन्द्रीत
काठमाडौं । सरकारको नेतृत्व सम्हालेको ४७ दिन पुगिसक्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरवहादुर देउवा सरकार विस्तारका विषयमा छलफलमा जुटेका छन् । सत्ता गठबन्धन दलका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग शनिवार पनि झण्डै आधा घण्टा मन्त्रीपरिषद विस्तारमा देउवाले छलफल गरेका थिए ।
आइतबार विहान भने प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सँग छलफल शुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले देउवा, प्रचण्ड र माधव नेपालका वीचमा छलफल जारी छ ।

छलफल विहान साढे ९ बजेवाट शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
देउवाले अव भदौं १५ भित्र मन्त्रीपरिषद् टुग्गो लगाईसक्ने गरी दलहरुसँग नाम माग्न थालेका छन् ।
अहिलेसम्म देउवाले कांग्रेसका २ मन्त्री र एक राज्यमन्त्री र माओवादी केन्द्रका २ मन्त्री मात्रै नियुक्त गरेका छन् ।
अरु वाँकी मन्त्रालयको जिम्मेवारी ४७ दिन यता उनी आफैले थामिरहेका छन् । जसकाकारण सिंह्दरवारको मन्त्रालयका काम सवै अस्तब्यस्त बन्न थालेको छ ।
लामो समय सम्म मन्त्री परिषद् विस्तार नगरेपछि उनको चर्काे आलोचना आफ्नै पार्टीभित्रवाट पनि हुन थालेपछि उनले सत्ता गठवन्धन दलसँग छलफल थालेका हुन् । सरकारमा आउन र आफु नेतृत्वको सरकार संसदमा बलियो बनाउन उनले सवै अप्ठ्यारा गाँठाहरु खोलिसकेका छन् । माधव नेपालको सहजताका लागि दल विभाजन अध्यादेश ल्याउने देखि पार्टी दर्ता सम्मको प्रक्रिया पूरा भईसकेको छ ।
जसपाको अािधकारिता पनि उपेन्द्र यादवले पाईसकेका छन् । अव दल विभाजनका लागि ल्याएको अध्यादेश फिर्ताको विषयमा पन िगठबन्धन दलभित्र छलफल शुरु भएको छ ।
जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । उनीहरुको मागका विषयमा पनि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका वीचमा छलफल शुरु भएको छ ।
गठबन्धनमा कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्रालय पाउने मोटामोटी सहमति छ । तर माओवादीले ६ मन्त्रालय दाबी गरिरहेको छ ।
जसपा र एकीकृत समाजवादीमा मन्त्री कसलाई बनाउने भन्ने ब्यवस्थापन मिलाउन सकस छ । आकाक्षी वढी भएका कारण समस्या देखिएको छ ।
तर अव देउवाले धेरै दिन कुर्न नसक्ने बताएका छन् । त्यही कारण पनि उनले छलफललाई तिव्रता दिन थालेका हुन् ।
अहिले बालुवाटारमा भएको प्रचण्ड र माधव नेपालसँगको छलफल पनि सरकार विस्तार अव ढिला नगर्ने योजना अनुसारको छलफल हो, काग्रेसका एक नेताले भने ।
















लालीगुराँस र सत्य साइलाई उपाधि
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू
रेड्मी नोट १५ नेपालमा, कति पर्छ मूल्य ?
‘फास्ट ट्रयाक’मा टुचन मेसिन खस्दा मजदुरको मृत्यु
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
प्रतिक्रिया