झण्डै ९ करोड मूल्य बराबरको कोकिनसहित ३ विदेशी नागरिक पक्राउ
मेरोन्यूज
२०७८ भदौ १३ गते १६:४०

काठमाडौँ । प्रहरीले झण्डै ३ किलो कोकिनसहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २ किलो ९६६ ग्राम कोकिन बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आज पत्रकार सम्मेलन गरी तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो । उनीहरूको साथबाट उक्त कोकिन बरामद गरेको समेत प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँबाट पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् । उनीहरूको साथबाट फेला परेको कोकिनको नेपाली बजार मूल्य झण्डै ९ करोड नेपाली रुपैयाँ बराबर रहेको ब्यूरोले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया