अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह

मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्।
वार्ताको मध्यस्थकर्ता पाकिस्तानले वार्ताका लागि दुबै पक्षबिच विश्वासको वातावरण बनाउनु विश्व समुदायको कर्तब्य भएको युद्ध अन्त्यका लागि वार्ता अनिवार्य देखिएको बताएको छ।
पाकिस्तानका विदेश मन्त्री इशाक दारले भने, “दुई पक्षहरूले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्नु अत्यावश्यक छ।“ उनले भने, “इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता र संवादका लागि पाकिस्तानले भूमिका निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि आफ्नो भूमिकालाई महत्त्वका साथ अघि बढाउनेछ।”
मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि कूटनीति आवश्यक रहेको युरोपेली सङ्घका विदेश मामिला हेर्ने शाखाका प्रवक्ता अनउआर अल अनौनीले बताएका छन्।
पाकिस्तानले आयोजना गरेको अमेरिका–इरान वार्ता असफल भएको उल्लेख गर्दै प्रवक्ता अल अनौनीले भने, “हामी पाकिस्तानलाई मध्यस्थताको प्रयासका लागि सलाम गर्छौं र ब्रसेल्सले आफ्ना साझेदारहरूसँगको समन्वयमा समाधानमा पुग्न थप प्रयासमा योगदान गर्नेछ।” रूसले पनि आगामी दिनमा युद्धविराम मध्यस्थताका लागि इच्छा देखाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वमा शान्ति स्थापनाका लागि मध्यस्थताको प्रयासमा सहयोग गर्न आफू तयार रहेको बताएका हुन् । “रूसी नेता पुटिनले द्वन्द्वको राजनीतिक र कूटनीतिक समाधानको खोजीलाई अझ सहज बनाउन र मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने प्रयासमा मध्यस्थता गर्न आफ्नो तत्परतामा जोड दिएका छन्,” क्रेमलिनद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बेलायतले पाकिस्तानमा वार्ताका लागि भेटवार्ताको पहलकदमीका लागि पाकिस्तानी सरकारको प्रशंसा गरेको छ तर वार्ता निष्कर्षविहिन अवस्थामा प्रतिनिधिमण्डल विभक्त हुनुले निराश बनाएको बताएको छ।
बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले स्काई न्यूजसँग भनेका छन्, “हामीले वार्तामा सफलता हासिल नगर्नु र इरानमा जारी युद्धको अन्त्य नहुनु निराशाजनक हो।” “कूटनीतिमा वार्ता सफल नहुँदासम्म तपाईं असफल भएको मानिन्छ ।
सबै वार्ताहरू सफलतामा समाप्त नहुन सक्छन्, यसको मतलब यो होइन कि प्रयास जारी राख्नुको कुनै औचित्य छैन,” उनले थपे । अष्ट्रेलियाले थप वार्ताको आग्रह गरेको छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “अहिलेको प्राथमिकता युद्धविरामलाई निरन्तरता दिनु र वार्तामा फर्कनु हो।”
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया