विप्लव निकट अखिलको राष्ट्रिय सम्मेलन असोजमा

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले असोजमा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसको पुर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आयोजक समितिले चिरन्जीबी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिइएको हो । समितिका संयोजक ढकालले असोज ६, ७ र ८ गते पोखरामा राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको जानकारी दिएका हुन् । ढकालले बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विधान तथा प्रतिवेदन लेखन उपसमितिको सयोजकमा चिरन्जीबी ढकाललाई तोकेको छ । त्यस्तै सदस्यहरुमा प्रकाश शाही, विरेन्द्र बिक, मिलन राई, बिरेन्द्र शाख र शारदा भण्डारी रहेका छन् । यसैगरी, आर्थिक उपसमितिमा संयोजक प्रकाश शाहीलाई तोकिएको छ भने मिलन राई, नवराज भट्ट, अटल पाण्डे लगायत सदस्यहरु रहेका छन् ।
ढकालले सम्मेलनमा शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासँग सम्बधित विषयहरुमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको सुनाए । संयोजक ढकालले नेपालका लाखौ विद्यार्थीहरुले उत्सवको रुप मनाउन राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जिकिर गरे । सम्मेलनले नेपालको शिक्षा र शिक्षा प्रणालीको बारेमा बहस छेड्ने उनको भनाई थियो । अहिलेको बेरोजगार शिक्षा प्रणालीको अन्त्य हु्नुपर्नेमा जोड दिए ।
‘अबको शिक्षा वैज्ञानिक समाजवादी शिक्षाको अपरिहार्य आवश्यकताको बारेमा सम्मलेनमा बहस हुनेछ,’ संयोजक ढकालले भने, ‘अहिलेको शिक्षाको कुनै अर्थ छैन् । यो शिक्षाले नेपालका प्राकृतिक श्रोत र मानविय आकांक्षालाई पूर्ति गर्न सकेको छैन ।’
कक्षा ११ र १२ कक्षाका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल संचालन गर्नुपर्ने माग गरे । शैक्षिक संस्थाहरुले कोभिड अवधिको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न समेत माग गरे ।
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था कडाईको साथ कार्यान्यवन गर्न गर्न ढकालले माग गरे । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि खारेज गर्नुपर्ने उनको माग थियो । २०७७ साल फागुन २२ गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच भएको ३ बुंदे सहमती तत्काल कार्यन्यन गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।



















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रतिक्रिया