माधव नेपालको पार्टी नरोज्न जनप्रतिनिधिलाई एमालेको निर्देशन (सर्कुलरसहित)

काठमाडौँ । नेकपा एमालेले पार्टीका स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिलाई एमाले नत्याग्न र माधव नेपालको पार्टी नरोज्न निर्देशन गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै दल विभाजनको पक्षमा नउभिन निर्देशन गरेका हुन् ।
मेरोन्यूजले प्राप्त गरेको ओलीको अन्तर पार्टी निर्देशिका (अपानी) भदौं ९ मा जारी गरिएको हो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि माधव नेपालले एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । निर्वाचन आयोगबाट नेपालको पार्टीले दलको मान्यता प्राप्त गरिसकेको छ ।
आयोगले अध्यादेशकै जगमा टेकर स्थानीय तह र प्रदेश तहका निर्वाचित जनप्रतिनिधिलाई भदौं २२ भित्र दल रोजिसक्न सूचना जारी गरेको छ । आफै उपस्थित भएर सनाखतका लागि आउन आयोगले सूचना जारी गरिसकेको सन्दर्भमा ओलीले त्यसरी एमाले छोडेर माधव नेपालको पार्टी नरोज्न आग्रहसहित निर्देशन जारी गरेका हुन् ।
स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तर पार्टी निर्देशनमा विभाजन नरोज्न निर्देशन गरिएको हो ।
‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’ ओलीको निर्देशनमा भनिएको छ ।
हेर्नुहोस ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
प्रतिक्रिया