बुधबार, वैशाख १७, २०८२

तालिवानसँग झण्डै दुई खर्ब डलर सम्पत्ति, कहाँबाट आयो यति धेरै धन ?

प्रेम कुमार श्रेष्ठ २०७८ भदौ १४ गते १३:२२

काठमाडौँ । यस ​महिना विद्रोही समूह तालिवानले करिब पूरै अफगानिस्तानमाथि कब्जा जमाउन सफल भए । योसँगै आगामी बुधबारसम्म अमेरिकी सेनालाई तालिवानले अफगानिस्तान छाडेर जान अन्तिम मितिसमेत दिइसकेको छ । अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि दुई दशकदेखि जारी युद्ध अन्त्य हुने विश्वास लिइएको छ ।

अफगानिस्तानको सत्तामा तालिवानले कब्जा जमाएसँगै राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरूलगायत उच्च तहका कर्मचारीदेखि सामान्य नागरिकले समेत देश छाड्ने क्रम बढ्दो रहेको छ । पछिल्लो आँकडाअनुसार अमेरिकाले मात्रै करिब एक लाख २५ हजारभन्दा बढी अफगानी नागरिकलाई अमेरिका लगिसकेको छ । अन्य देशहरूले समेत अफगानी नागरिकलाई आफ्नो देशमा लगेका छन् ।

दुई दशकभन्दा लामो संघर्षमा तालिवानका धेरै सैनिक मारिए । तालिवानविरूद्ध गठबन्धन गरी लडाइँमा होमिएका शक्तिशाली देशका सेना पराजीत भए । विश्वका शक्तिशाली र धनी देशका सेनासहित आधुनिक हतियारलाई तालिवानले परास्त गरी पूरै देशसँगै सत्ता कब्जा गरे ।

एक अनुसन्धानका अनुसार सन् २०११ मा तालिवानको लडाकुको संख्या करिब ३० हजार रहेका थिए । सन् २०२१ सम्म आइपुग्दा यो संख्या बढेर करिब ७० हजारदेखि एक लाखसम्म भएको अनुमान गरिएको छ ।

तालिवानलाई आफ्नो सैनिक संगठनदेखि अभियान सञ्चालन गर्न ठूलो धन राशीको आवश्यक पर्यो । अब सवाल उठ्न सक्छ यसका लागि तालिवानले यति लामो युद्ध र अभियान सञ्चालन गर्न आवश्यक धन कहाँबाट प्राप्त गरे ? यस संगठनलाई कुनै देशले सहयोग त गरेको थिएन ?

तालिवान कति धनी ?

तालिवानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर, यति लामो युद्ध गर्न ५ वर्ष सत्तामा बस्दा आर्जन गरेको धन राशीले कमाएर पुग्दैन । यस कारण तालिवानको आम्दानीबारे विश्वस्त र ठोस जानकारीबाट सबै बञ्चित हुँदै आएका छन् ।

बिबिसीले प्रकाशित गरेको समाचारअनुसार तालिवानको आम्दानी स्रोतबारे जानकारी लिन निकै कठिन छ । तर, सन् २०११ मा तालिवानको वार्षिक आम्दानी करिब ४६ अर्ब ४० करोड रूपैयाँ रहेको थियो ।

यस्तै, समाचार संस्था बिबिसीका अनुसार सन् २०१८ को अन्तसम्म तालिवानको कूल सम्पत्ति एक खर्ब ७६ अर्ब डलर पुगेको थियो । अमेरिकी सेनालाई परास्त गर्दै सत्ता सम्हाल्दै छ । यसले उसको आम्दानी थप बढ्ने अनुमान गरिएको छ ।

तालिवानको आम्दानी स्रोतहरू

तालिवानको आर्थिक स्रोतबारे सबैले अफिम तथा उसले बनाउँदै आएको नशालु पदार्थ हेरोइनको कारोबारलाई अनुमान गर्दै आएको छ । तर, तालिवानलाई नजिकबाट हेर्दै आएकाहरूका अनुसार यो कुरा पूरै सही भने होइन ।

जानकारका अनुसार तालिवानको आम्दानी अफिमबाहेक उसले कब्जा गर्दै आएको इलाकामा लगाउँदै आएको कर रहेको छ । साथै विदेशबाट प्राप्त हुने विभिन्न प्रकारको चन्दा तथा खनिज पदार्थको कारोबार रहेको समाचारमा जनाइएको छ । तालिवानको मुख्य आम्दानीको स्रोतहरू यस प्रकारका रहेका छन् :

लागु औषधको कारोबार

तालिवानबारे धेरै अनुमान गरिएको छ । जसमा लामो समयदेखि अफिम, हेरोइन जस्ता लागु औषध कारोबार गर्दै आएको आरोप लाग्दै आएको छ ।

अफगानिस्तान विश्वको सबैभन्दा बढी अफिम तथा हेरोइन उत्पादन हुने देश हो । यहाँ विश्वमा खपत हुने सबैभन्दा धेरै अफिस तथा हेरोइन उत्पादन हुँदै आएको छ । एक अनुमानका अनुसार अफगानिस्तानले हरेक वर्ष करिब ४ खर्ब रूपैयाँ बराबरको अफिम र हेरोइन निर्यात गर्दै आएको छ ।

सन् २०१८ को एक अमेरिकी कमाण्डर जनरल जोन निकोलसनको रिपोर्टअनुसार तालिवानको कूल आम्दानीको ६० प्रतिशतभन्दा अधिक हिस्सा लागु औषध बिक्रीबाट हुँदै आएको छ ।

विदेशबाट आउने चन्दा

पूर्व अफगानी सरकार तथा अमेरिकी अधिकारीहरूले पाकिस्तान, इरान, रूस, सउदी अरब, संयुक्त अरब इमिरेट, कतरसहित खाडीका केही देशहरूबाट तालिवानलाई आर्थिक सहयोग हुने बताउँदै आएको छ । तर, यी देशहरूले तालिवानलाई आर्थिक सहयोग गरेको कहिले स्वीकार गरेका थिएनन् ।

तालिवानलाई विदेशबाट हुँदै आएको मद्दत आँकडामा देखाउन असम्भव रहेको छ । तर, विदेशबाट तालिवानलाई हरेक वर्ष ५० करोड अमेरिकी डलरभन्दा बढी सहयोग हुँदै आएको छ ।

यसअघि अमेरिकाको एक रिपोर्टमा तालिवानलाई सन् २००८ मा मात्रै करिब ११ करोड अमेरिकी डलर बराबरको सहयोग प्राप्त भएको थियो ।

खानी तथा खनिज

खनिजमा पाइन महंगो पत्थरमा अफगानिस्तान सबैभन्दा धनी रहँदै आएको छ । देशमा लामो युद्ध भएका कारण यस देशबाट खनिज पदार्थ उत्खनन हुन सकेको पाइँदैन् । पूर्व अफगानी अधिकारीका अनुसार अर्बौं मूल्य बराबरको खनिज पदार्थ तालिवानको मुख्य आय स्रोत बन्दै आएको छ ।

तालिवानले नियन्त्रण गरेको क्षेत्रमा खनिज पदार्थ उत्खनन गरी ठूलो मात्रामा आम्दानी गर्दै आएको छ । सन् २०१४ को युएनको एक रिपोर्टमा भनिएको छ, ‘तालिवानले हेलमन्द प्रान्तमा ३० वटा जति अवैध खानी परियोजना सञ्चालन गर्दै आएको छ, जसबाट हरेक वर्ष करोडौँ रकम बराबरको आम्दानी गर्दै आएको छ ।’ एजेन्सी

प्रतिक्रिया