माधव कमरेडबाट पनि धोकाकै उपहार पाएँ : प्रदीप नेपाल

काठमाडौँ । नेकपा एकीकृत सामाजवादी दल दर्ता गर्न निर्वाचन आयोगमा डोर्याएर पुगेका नेता प्रदीप नेपालले माधव कुमार नेपालको साथ छाडेका छन् । उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै एकीकृत समाजवादी पार्टीबाट बिदा भएको बताएका हुन् ।
उनले माधव नेपाल पनि झेली भएको भन्दै साथ छोडेको बताए । तर, उनले एमाले अध्यक्ष केपी ओली शर्मासँग नजाने समेन बताएका छन् ।
उनले लेखेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’
नेता नेपालले माधव कुमार नेपालले पार्टी विभाजन गर्दा माधवको साथ दिएका थिए । तर उनले माधव नेपालले जबजको सिद्धान्त नमानेपछि साथ छाडेको बताएका छन् ।
















ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया