उपचार गरी फर्किएका खनालले भने-कम्युनिष्ट सरकार ढल्दैमा गोहीको आँशु बगाउनु पर्दैन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएको बताएका छन् ।
मिर्गौला प्रत्यारोपण गरेर नयाँदिल्लीबाट सोमबार काठमाडौँ आइपुगेका खनालले मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएको बताएका हुन् । त्रिभुवन विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालको लिखित मन्तव्य पढेर सुनाइएको थियो । मन्तव्यमा खनालले आफूले पुनर्जीवन पाएको बताएका छन् ।
उनले भने, ‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ । मेरो यो नाफाको जीवन हो । उमेरले ७१ वर्ष पार गरिसकेँ । अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’ त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरेका थिए ।
त्यसक्रममा खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको बताए । उनले ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको बताए । खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
गत साउन २० गते उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या भएको थियो । माधव कुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी दल दर्ता गरेपछि खनालले नेपाली राजदूतावास दिल्लीबाट नै आफ्नो सनाखत गरेका थिए । खनाल सााढे दुई महिनापछि नेपाल फर्किएका हुन् ।

















इजरायली कब्जाद्वारा वेस्ट ब्याङ्कबाट २० जना प्यालेस्टिनी पक्राउ
Foreign Minister Sharma leaving for Dhaka today
Nepal hands over donation amount to Myanmar
नेप्से परिसूचकमा ८ अंकको गिरावट
मुगुमा यस्तो छ चुनावी चहलपहल
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया