उद्योग परिसंघद्वारा उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन

काठमाडौँ । नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजिकरण गर्न उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ ।
नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उतपत्तिको प्रमाणपत्र आवश्यक भएको परिसंघले दाबी गर्दै समिति गठन गरेको जनाएको हो ।
परिसंघका अनुसार नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहज तथा सरल बनाउन निर्यातकर्तालाई उपलब्ध गराउनको लागि गठन गरेको समितिको संयोजक परिसंघका राष्ट्रिय परिषद् सदस्य अमित मोर रहेका छन् ।
नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गर्दै परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ ।
उद्योग विभाग अन्तर्गत रहेको उत्पत्तिको प्रमाणपत्र सम्बन्धी प्राविधिक समितिमा परिसंघ हालै सदस्यको रुपमा चयन भएको थियो । यससँगै परिसंघले भारतमा निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ ।
सरकारले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत परिसंघले तेस्रो मुलुक निकासीलाई आवश्यक उत्पत्तिको प्रमाणपत्र विद्युतीय माध्यमबाटसमेत जारी गरिरहेको परिसंघको दाबी छ ।
परिसंघले आफ्ना सदस्य संस्था तथा निर्यातकर्ताहरुलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा कुनै बाधा अड्चन वा समस्या रहेमा परिसंघमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका निम्ति प्रचण्डको अपिल
निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल
मानवअधिकार आयोगले भन्यो – युद्धप्रभावित मुलुकमा नेपालीको सुरक्षा र उद्धार सुनिश्चित होस्
१९ अंकले बढ्याे सेयर बजार
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने: प्रहरी महानिरीक्षक कार्की















अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
प्रतिक्रिया