दार्चुला घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद फेरि थप्ने तयारी

काठमाडौँ । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । छानबिन समितिका सबै सदस्य काठमाडौँमा उपलब्ध नभएकाले केही दिन म्याद थप्ने तयारी गरेको हो । गृह स्रोतका अनुसार केही दिन थप्ने गृहकार्य भइरहेको छ ।
१५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए । त्यो घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी दार्चुला ज्योत्सना भट्टको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।
त्यो समयमा समितिले प्रतिवेदन तयार गर्न अनुसन्धान नसकेको भन्दै २५ साउनमा एक साता समय थपिएको थियो । त्यसपछि भदौ दुई र भदौ नौ गते एक एक साताको समय थप गरिएको थियो । थपिएको समय १७ भदौमा सकिँदैछ । सबै सदस्य काठमाडौँमा उपलब्ध नभएकाले केही दिन थप्न थालिएको मन्त्रालय स्रोतले जानकारी दियो । समितिले स्थलगत अनुगमन गरिसकेको छ ।















कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
युवा संघको अध्यक्ष बने महाराज गुरुङ
President Paudel embarking on official visit to Japan on February 1
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया