जिल्ला सभापति रायद्वारा भवन बनाउन एक करोड बराबरको जग्गादान

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गरेका छन् ।
औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने सो जग्गा उनले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशन पास गरिदिएको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए । उनका अनुसार सो जग्गा करिब एक करोड मूल्य बराबरको रहेको बताइएको छ ।
“हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौं”, उनले भने, “सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ ।”
आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले जानकारी दिए ।
“म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे”, उनले भने, “ आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गा दान गरें ।”
अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको उनले बताए ।
नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिए । “जग्गा प्राप्त भएको छ”, उनले भने, “भवन चाँडै बन्ने गरी काम थाल्नेछौं ।”

















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया