न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजारले दिए आवेदन
काठमाडौँ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गतेसम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले जानकारी दिए ।
उनका अनुसार यतिका संख्यामा परेको आवदेनबाट ६१ करोड १३ लाख ३८०० बराबरको निवेदन रहेको छ । यीमध्ये आयोजना प्रभावित मर्स्याङ्दी गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार ९५३ आवेदकबाट १६ करोड ३७ लाख १८ हजार एक सय र जिल्लावासीको लागि तोकिएको १० लाख कित्ता शेयरको लागि २२ हजार २३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार ७ सय रूपैयाँ बराबरको आवेदक माग रहेको आयोजनाले जनाएको छ ।
आयोजनाअनुसार यी आवदेकको आधारमा ६१ लाख ६३० कित्ता माग भएको छ । यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको १६ लाख ३७ हजार १८१ कित्ता र जिल्लावासीको ४४ लाख ७५ हजार ८५७ कित्ता रहेको छ ।
जिल्लावासीको लागि कम्पनीले सय रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । आयोजना प्रमुख अमात्यका अनुसार अब अन्य सर्वसाधरणका लागि ७ देखि १० दिनभित्रमा शेयर खुल्ला गर्ने भएको छ ।
विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । विविध कारणले निर्माणमा ढिलाइ हुँदा समयमा काम सम्पन्न नभए पनि हाल आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । सो आयोजना ६ अर्बको लागतमा निर्माण सम्पन्न हुने जनाइएको छ ।
आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात्साँ ढे चार अर्ब रूपैयाँ ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिएको छ ।









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया