प्रधानसेनापति शर्मालाई नियुक्ति पत्र प्रदान
मेरोन्यूज
२०७८ भदौ १६ गते १३:५८

काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति रथी प्रभुराम शर्माले नियुक्ति पत्र बुझेका छन् । रक्षा मन्त्रालयमा आयोजित एक समारोहका बीच उनले रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालमार्फत नियुक्ति पत्र बुझेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २४ भदौमा शर्मालाई सेनापतिमा नियुक्त गरेकी थिइन् । नियुक्ति पत्र प्रदान गर्दै रक्षा सचिव पौड्यालले शर्मालाई बधाई तथा शुभकामना दिएका थिए ।
वर्तमान सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गतेदेखि अवकाश पाउँदै छन् । अवकाश हुनुपहिले एक महिना बिदा बस्ने प्रचलन रही आएकाले उनी हाल बिदामा रहेका छन् ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया