अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार रातभर चलेको वार्ता कुनै सम्झौता बिना नै टुंगिएको बताएका छन्।
अलजजिराका अनुसार उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखलाई “उत्कृष्ट आतिथ्य”का लागि धन्यवाद दिए।
“वार्तामा भएका कमजोरीहरू पाकिस्तानका कारण होइनन्। उनीहरूले हामी र इरानी पक्षबीच दूरी घटाएर सम्झौता गराउने भरपूर प्रयास गरे,” उनले भने।
उनका अनुसार करिब २१ घण्टा लामो वार्तामा इरानी पक्षसँग “गम्भीर र महत्वपूर्ण छलफल” भएको थियो, जसलाई उनले सकारात्मक पक्ष बताएका छन्।
तर उनले थपे, “नकारात्मक कुरा के हो भने हामी कुनै सम्झौतामा पुग्न सकेनौँ। यो अवस्था अमेरिका भन्दा इरानका लागि बढी नराम्रो हो।”
भान्सले अमेरिका आफ्ना “रेड लाइन”(अडान) स्पष्ट रूपमा राखिसकेको र कुन विषयमा लचकता देखाउन सकिन्छ र कुनमा सकिँदैन भन्ने पनि प्रस्ट पारिएको बताए।“हामीले सकेसम्म स्पष्ट रूपमा आफ्ना सर्तहरू राख्यौँ, तर इरानले ती स्वीकार नगर्ने निर्णय गर्यो,” उनले भने।
भान्सले वार्ताका क्रममा अमेरिकी टोलीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको बताए। “हामी निरन्तर राष्ट्रपति सँग कुरा गरिरहेका थियौँ। पछिल्लो २१ घण्टामा कति पटक कुरा भयो ठ्याक्कै भन्न सक्दिनँ, सायद आधा दर्जन वा दर्जन पटक,” उनले भने।
उनले थपे कि अमेरिकी टोलीले “सद्भावनाका साथ” वार्ता गरेको र अन्त्यमा एक स्पष्ट प्रस्ताव प्रस्तुत गरेको छ। “हामी यहाँबाट एकदमै सरल प्रस्ताव लिएर फर्किरहेका छौँ, जुन हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो। अब इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन, त्यो हेर्न बाँकी छ,” उनले बताए।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया