नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल हुँदै, दर्शक जान पाउने

काठमाडौँ । नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । नेपालको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल भोलिदेखि सुरु हुने भएको हो । दोस्रो खेल आइतबार हुने एन्फाले जनाएको छ ।
नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्न सरकारले दर्शकलाई अनुमति दिएको छ । एन्फालाई स्वास्थ्य मापदण्ड पालना गरी दर्शकसहित खेल आयोजना गर्न सरकारले अनुमति दिएको छ ।
खेलमा ५१ सय दर्शकलाई अनुमति दिने एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्ने छ ।
टिकट अनलाइनबाट किन्न सकिनेछ । टिकट मूल्य साँझसम्म टुंगो लाग्ने एन्फाले जनाएको छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि दुई देशबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
नेपालविरुद्ध खेल्न कठिन
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैँ कठिन हुने बताएका छन् । मैत्रीपूर्ण खेल खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेकोसमेत बताएका थिए ।
भारतीय कप्तान क्षेत्रीले नेपालको घरेलु मैदानमा खेल्नुमा निकै फरक पार्ने भएकाले भोलिको खेल कठिन हुने बताए ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया