सभामुख र निर्वाचन आयोगविरुद्ध ओली पुगे अदालत
माधव नेपालको पार्टी अवैधानिक भन्दै दर्ता वदर गरी कुनै पनि गतिविधि गर्न नदिन रिटमा माग

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट निवेदन पेश गरेका छन् । ओलीले बुधबार सभामुख सापकोटाविरुद्ध वारेसनामामार्फत रिट निवेदन पेश गरेका हुन् ।
एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुखविरुद्ध रिट निवेदन पेश गरेको जनाइएको छ । ओलीले पेश गरेको निवेदन सर्वोच्चमा दर्ता हुन बाँकी रहेको छ ।
यस्तै ओलीले रिटमा कारबाही गरेका १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ । एमालेले माधव कुमार नपालसहित १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो ।
तर सभामुख सापकोटाले १३ भदौमा १४ सांसदलाई कारबाही गर्न नपर्ने बताएका थिए । सरकारले राजनीतिक दल विभाजन सम्बन्धिको अधयादेश ल्याएपछि माधव नेपालले एमालेलाई विभाजन गरी नयाँ दल दर्ता गरेका छन् । नयाँ दलमा एकालेले कारबाही गरेका १४ सांसदले पनि सनाखत गरेका छन् ।
ओलीले रिटमा नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया नै अवैधानिक भएको र उसलाई काम कारवाही गर्नवाटै रोक्न माग समेत रिटमा गरेका छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया