सभापतिको उम्मेदवारी घोषणा गर्दै कांग्रेस नेता कल्याण गुरुङले भने – मलाई ८० प्रतिशत युवाको साथ छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले आसन्न पार्टी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलन गरी उनले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले सभापतिमा आफूलाई ८० प्रतिशत युवा नेताहरूको साथ रहेकाले चुनाव जित्ने जिकिर गरे । उनले सभापति जिते कांग्रेस नेताहरूको सम्पति विवरण सार्वजनिक गर्नु पर्ने विधानमा व्यवस्था गर्ने पनि बताए ।
अनामनगरको युनियन हाउसमा उनले अब को १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको भन्दै कांग्रेसबाट समानुपातिक सांसद एउटै व्यक्तिले दोहोराएर हुन नपाउने नीति लागु गर्ने बताएका थिए । ‘एकै जना दुईपटक मात्र मन्त्री र प्रधानमन्त्री हुने विषयमा सभापति भएपछि म पहल गर्छु, समानुपातिक सांसद जो कोहीले एकपटकलाई मात्र अवसर पाउने व्यवस्था म पार्टी सभापति जिते मिलाउँछु,’ गुरुङले भने ।
७५३ स्थानीय तहमध्ये आधामा महिलालाई स्थानीय तहमा प्रमुख बनाउने एजेण्डा उनले सुनाए । उनले भने, ‘एकपटक पुरुष सभापति भएकाले दास्रोपटक महिला सभापति बनाउने गरी पार्टी विधानमा व्यवस्था गर्न पहल गर्छु ।’
उनले आफू पार्टी सभापति भएमा सबै कांग्रेस नेताको सम्पति विवरण सार्वजनिक गर्नु पर्ने यदि सार्वजनिक नगरेमा सदस्य नवीकरण नहुने व्यवस्था गर्ने बताए ।
अन्य कांग्रेसका युवा नेतालाई पनि उनले पदाधिकारीमा चुनाव लड्न र सदस्यमा नलड्न सयुक्त व्यक्तव्य निकाल्न सुझाव दिए । आफूलाई युवा मतदाताले रुचाउने र त्यो संख्या ८० प्रतिशत रहने उनको जिकिर छ ।
उनले भने, ‘मलाई युवा साथीहरूले मतदान गर्नु हुन्छ, १३ औँ महाधिवेशनमा भाग लिएका ८० प्रतिशत प्रतिनिधि कांग्रेसको अहिलेको चाला देखेर असन्तुष्ट छन्, उहाँहरूले मलाई सहयोग गर्छु भन्नु भएको छ ।’

















मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रतिक्रिया