नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई मैदान प्रवेशको अनुमति

काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए ।
दर्शक मैदानमा प्रवेशका लागि एन्फाले आज अनुमतिपत्र पाएको हो । नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताए । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे खेल शुरु हुनेछ । दर्शकका लागि अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ ।
एन्फा अध्यक्ष एवं मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहका अनुसार दर्शक मैदानमा प्रवेशका लागि रंगशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ । नेपाल सरकार र विश्व फुटबल महासंघ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइने बताए ।
नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौँ आइपुगेको हो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो । नेपाल र भारतबीच छ वर्षपछि फुटबल हुन लागेको हो । नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बईमा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।
नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेलमा बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ । विश्व फुटबल महासङ्घ (फिफा)को बरियाताअनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेको छ ।
एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहनुभएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया