कांग्रेसको भोलिबाट वडा अधिवेशन,रौतहटमा अझै मिलेन क्रियाशील सदस्यता विवाद

काठमाडौं । नेपाली कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार भोलीबाट हुदै छ । तर रौतहटको निर्वाचन क्षेत्र नम्बर १ भित्रका वडाको क्रियाशील सदस्यतामा देखिएका विवाद अझै टुङगिएको छैन् ।
वडादेखि सिफारिस गरेर पठाएका करिब तीन सय जना नेतारकार्यकर्ताको नाम क्रियाशील सदस्यताको सूचीमा नपरेपछि जिल्ला सभापति कृष्णप्रसाद यादवसहितले बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन् ।
सभापति यादव भन्छन् “रौतहटमा विधि विधानअनुसार वडाबाटै सिफारिस गरेकाहरूको नाम पनि क्रियाशीलको सूचीमा नरहेको हुदाँ आज पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको हो ।”
सभापतिज्युले एक दुई दिनमै समस्या समाधान हुने बताउँनु भएको यादवले मेरोन्युजसँग बताए ।
कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भनेको छ। तर रौतहटसहित २१ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक अझै भएको छैन।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया