बिहीबार, चैत १९, २०८२

काठमाडौंसहित २१ जिल्लाको क्रियाशील सूची सार्वजनिक भएन

मेरोन्यूज २०७८ भदौ १७ गते १२:३४


काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन भोलीबाट सुरु हुदैछ । तर अझै पनि काठमाडौं सहित २१ जिल्लाका क्रियाशील सदस्यको सूची पार्टी कार्यालयले सार्वजनिक गरेको छैन् । यी जिल्लामा क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो ।
निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा केही नभनेकाले पनि कार्यकर्तामा अनिश्चितता बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन समिति संयोजक महादेव यादव पार्टी केन्द्रीय कार्यालयले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरिएको बताउँछन् । क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा राजधानी काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नम्बर–२ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।

क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर यही भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी भएको समिति संयोजक यादवले जानकारी दिए ।


पार्टीले क्रियाशील सदस्यको सूची दिएको दुई घण्टामा सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने गरी तयारी गरेर बसेको पनि उनले सुनाए । निर्वाचन कार्यतालिकाअनुसार भदौ २७ गते पालिकास्तरीय अधिवेशनको कार्यक्रम छ ।

प्रतिक्रिया