माधव नेपालले भने– अहिले नै मन्त्रिपरिषद् विस्तार हुँदैन
माओवादी केन्द्रसँग एकता नहुने स्पष्ट

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले तत्काल मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् ।
बिहीबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि अध्यक्ष नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको स्पष्ट गरे ।
भदौ २२÷२३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने नेता नेपालले बताए । यद्यपि सरकार विस्तारकाबारेमा भने प्रचण्डसँग छलफल नभएको बताए ।
सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पदभार ग्रहण गरेका थिए ।
ओलीको भ्रममा नपर्न कार्यकर्तालाई अपिल
एकीकृत समाजवादीका अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् । उनले प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई पनि ओलीको भ्रममा नपर्न आग्रह गरे ।
केपी ओली र उनका मान्छेहरुले दश बूँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।
माओवादीसँग एकता हुँदैन
नेता नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने बताएका छन् । क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि उनले सचेत गराए ।
आफ्नो पार्टी क्रान्तिकारी विचारका आधारमा निर्माण भएको उल्लेख गर्दै उनले आफ्नो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।
आफ्नो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको नेता नेपालको भनाई थियो ।
अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने पनि दावी गरे ।















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया