भारतविरुद्धको खेलमा नेपाललाई एक गोलले अग्रता
मेरोन्यूज
२०७८ भदौ १७ गते १८:२२

काठमाडौँ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले १-० अग्रता लिएको छ । दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपालका लागि अञ्जन विष्टले अग्रता दिलाएका हुन् ।
उनले ३६औं मिनेटमा गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् । विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा अञ्जनले उठाएका थिए ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ भने नेपालले दुई खेल जितेको छ ।
सम्बन्धित
प्रतिक्रिया