समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने रवीन्द्र मिश्र पक्षको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीको रबीन्द्र मिश्र पक्षको केन्द्रीय समिति बैठकले पार्टीको अवैध र समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा विहीबार सम्पन्न भर्चुअल बैठकले समानान्तर गतिविधि तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको सो पक्षले जनाएको छ ।
बैठकले पार्टीको समानान्तर गतिविधि रोक्न अर्को पक्षलाई निर्देशन दिएको छ ।
भर्चुअल बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न कडा निर्देशन दिएको प्रवक्ता शरदराज पाठकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराइएको पाठकले बताए ।
यस्तै, पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ। साथै केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष मिश्रले पेस गर्ने निर्णय पनि गरिएको सो पार्टीले जनाएको छ ।
प्रवक्ता पाठककाअनुसार १ सय ३० जना केन्द्रीय सदस्य रहेको विवेकशील साझाको विहीबारको बैठकमा १ सय ३ जनाको सहभागिता रहेको थियो ।
विवेकशील साझाका अध्यक्ष मिश्रले यसअघि धर्म निरपेक्षताको बारेमा जनमत संग्रह र संघीयता खारेजी गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेपछि सो पार्टीमा द्वन्द्व चर्किदै आएको छ । संयोजक मिलन पाण्डे पक्षले मिश्रको प्रस्तावलाई यसअघि नै अस्वीकार गरिसकेका छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया