चीनले भन्यो : नेपालसँग कुनै सीमा विवाद छैन

काठमाडौँ । चीनले नेपालसँग कुनै सिमा विवाद नभएको बताएको छ । चीनियाँ राजदूतवास शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै नेपालसँग कुनै सिमा विवाद नभएको जनाएको हो ।
सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको विज्ञप्तिमा उल्लेख छ । त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद नरहेको चीनियाँ राजदूतवासले जनाएको छ ।
चिनियाँ दूतावासका प्रवक्ता लुअन सिउतानले जारी गरेको विज्ञप्तीमा केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको उल्लेख छ ।
चीनले हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको जनाएको छ ।
हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति चीनले आफ्नो प्रतिक्रिया जनाएको हो ।
















ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया