चीनले भन्यो : नेपालसँग कुनै सीमा विवाद छैन

काठमाडौँ । चीनले नेपालसँग कुनै सिमा विवाद नभएको बताएको छ । चीनियाँ राजदूतवास शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै नेपालसँग कुनै सिमा विवाद नभएको जनाएको हो ।
सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको विज्ञप्तिमा उल्लेख छ । त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद नरहेको चीनियाँ राजदूतवासले जनाएको छ ।
चिनियाँ दूतावासका प्रवक्ता लुअन सिउतानले जारी गरेको विज्ञप्तीमा केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको उल्लेख छ ।
चीनले हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको जनाएको छ ।
हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति चीनले आफ्नो प्रतिक्रिया जनाएको हो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया