दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘सेवा प्रवाह सुधार वर्ष’ होला त कार्यान्वयन ?

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घोषणा गरेको ‘सेवा प्रवाह सुधार वर्ष’ कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले घोषणा गरेको सेवा प्रवाह सुधार वर्ष सफल पार्न नगरप्रमुख दीपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालबीच शुक्रबार कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच भएको सम्झौतालाई आत्मसात गर्दै कार्य सम्पादन गर्न/गराउन नगरप्रमुख रिजालले निर्देशनसमेत दिए । उनले जनताबाट गुनासो नआउने गरी आफ्नो मर्यादा र जिम्मेवारीलाई पूरा गर्दै प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
कार्य सम्पादन सम्झौता कार्यान्वयन गरिएसँगै पेसागत आचारण र आचारसंहिता भुलेर जिम्मेवारी पूरा नगर्ने जो कोही कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने नगरप्रमुख रिजालको भनाइ छ ।
“नगरपालिकाको कतिपय कर्मचारीले उत्कृष्ट कार्य सम्पादन गरे पनि कतिपय कर्मचारीले पेसागत आचारणमा तत्कालै सुधार ल्याउनुपर्ने अवस्था देखिएको छ”, उनले भने, “आगामी दिनमा त्यस्ता कर्मचारीले तत्काल आचारण सुधार नगरेमा क्षमाको मौका दिइने छैन ।”
अघिल्लो वर्षहरुमा १०० प्रतिशत मानेर कार्य सम्पादन मूल्याङ्कन गर्ने गरिए पनि यस वर्षबाट जति भएको छ त्यही आधारमा मात्रै कार्य सम्पादन मूल्याङ्कन गरिने नगरप्रमुख रिजालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत र मातहतका शाखा प्रमुख तथा वडा सचिवहरुबीच समेत कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
नगरप्रमुख रिजाल र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र मातहतका शाखा अधिकृत एवं कर्मचारीबीच १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले लागू गरेको सेवा प्रवाह सुधार वर्ष दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएकै मितिदेखि लागू हुने जनाइएको छ । कार्य सम्पादन सम्झौता कार्यान्वयनका लागि नगरप्रमुखले सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने जनाइएको छ ।
नगरपालिकासँग सम्बन्धित प्रचलित ऐन, कानुन, नीति तथा निर्देशिका र कार्यविधिको परिधिभित्र रहेर सम्झौता गरिएको छ ।
कार्य सम्पादन सम्झौताले नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधामा मापनयोग्य नतिजा हासिल हुने अपेक्षा गरिएको छ । राजनीतिक विचारप्रति तटस्थ रही सेवाप्रति इमान्दार हुनुका साथै नगरवासी नागरिकप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।
नगरपालिकाले गरेको कार्य सम्पादन सम्झौतामा ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिने छैन’ उल्लेख गरिएको छ ।
‘समाजवाद उन्मुख सभ्य र समृद्ध नगर, दिक्तेल रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने नाराका साथ अगाडि बढेको नगरपालिकामा यसअघि शैक्षिक सुधारका लागि नगरभित्र सञ्चालित विद्यालयसँग कार्य सम्पादन सम्झौता गरिएको थियो ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया