कोभिडसँग लक्षण मिल्ने स्क्रब टाइफसबाट कसरी बच्ने ?
साउन र भदौँमा स्क्रब टाइफस देखिन्छ, सचेत बनौँ

स्क्रब टाइफस र कोरोना भाइरस (कोभिड-१९)को लक्षण मिल्दो जुल्दो छ । ज्वरो आउने । स्वासप्रश्वासमा समस्या आउने । वाक वाक लाग्ने । बान्ता हुनेलगायतका लक्षण मिल्ने गर्छ । यस्ता लक्षण देखिएपछि धेरैले कोभिड परीक्षण गर्छन् । कोभिड रिपोर्ट नेगेटिभ आएपछि केही होइन भन्ने हुन्छन् । कोभिड होइन रहेछ भनेर एन्टिबायोटिक औषधि खाने गरेको देखिन्छ । तर, त्यसरी खानु हुँदैन । यदि, कोरोना नेगेटिभ देखिए स्क्रब टाइफसको परीक्षण गर्नु पर्छ । स्क्रब टाइफस देखिए माटाइफाड हुने हुन्छ ।
टेकु अस्पतालमा कोभिड संक्रमण देखिनुभन्दा अघि स्क्रब टाइफसका बिरामी आउने गर्थे । तर, अस्पताललाई कोभिड अस्पताल बनाएपछि त्यस्ता बिरामी आउँदैनन् । साउन र भदौँ महिनामा स्क्रब टाइफसका बिरामी देखिने गर्छन् । अहिले पनि अन्य जिल्लामा यसका बिरामी फाटफुट देखिरहेका छन् ।
यो मुसामा देखिने एक प्रकारको सानो किर्ना अर्थात माइट आँखाले देख्न गाह्रो हुन्छ । त्यसले हाम्रो शरीरको काखी, खुट्टाको काप, ढाड छातीमा टोक्छ । त्यसले टोकेपछि हामीमा स्क्रब टाइफस भन्ने रोग लाग्ने हो । यसको समयमा उपचार गर्न सकेमा निको हुन्छ । तर, यसलाई समयमा पहिचान गरिएन् भने शरीरका अंगहरू कलेजो, फोक्सो आदिको संक्रमण भई गम्भीर असर गरी मृत्युसमेत हुन्छ ।
सामान्यतय शहरभन्दा गाउँघरका मानिसहरू स्क्रब टाइफसबाट प्रभावित भएका देखिन्छ । फोहोरमा मुसाको लागि चलखेल गर्ने राम्रो वातावरण हो । सहरमा पनि स्क्रब टाइफसको जोखिम देखिन सक्छ । भारतको तथ्यांक हेर्दा स्क्रब टाइफसका बिरामीहरू बढेका छन् । कतै नेपालमा पनि स्क्रब टाइफस घातक भएर आउने त हैन भन्ने शंका गर्न सकिन्छ । नेपाल र भारतको बीचको खुल्ला सिमानाका कारण यो समस्या नेपालमा पनि आउन सक्ने सम्भावना छ ।
भाइरस संक्रमणले शरीरमा बिमिरा आउने हुन्छ । त्यो कोरोनाका बिरामीमा पनि देखिन्छ । डेँगुका बिरामीमा पनि । स्क्रब टाइफसका बिरामीमा कानमा आवाज आएजस्तो मात्र हुन्छ । जुन स्थानमा पहिला-पहिला स्क्रब टाइफस देखिएका छन् । यदि, स्क्रब टाइफसका लक्षण देखिएमा ‘डक्सिसाइक्लिन’ भन्ने औषधि लिन सकिन्छ ।
यो परीक्षण गर्ने सुविधा नभएको खण्डमा मात्र प्रयोग गर्ने हो । तर, सकेसम्म परीक्षण गर्नु राम्रो हुन्छ । यसले ४८ घण्टामा ज्वरो घटाउँछ । यो औषधि गर्भवती र ८ वर्ष मुनिका बालबालिकाहरूलाई दिनु हुँदैन । उनीहरूलाई एजिसोमाइसेन नामक औषधि दिन सकिन्छ । यसका कुनै पनि लक्षण देखिए स्वास्थ्यकर्मीसँग सल्लाह गर्नु पर्छ । हालसम्म यसको कुनै खोप बनिसकेको छैन ।
यसका लक्षणहरू
- उच्च ज्वरो आउनु,
- आँखा रातो हुनु,
- शरीरमा बिमिरा देखिनु,
- धेरै टाउको दुख्नु,
- टोकेको ठाउँमा चिलाउने वा कहिले काही कालो दाग देखिनु,
- जोर्नी र मांसपेशी दुख्नु,
- खोकी, बान्ता पेट दुखाई तथा पखाला लाग्नु र श्वास प्रश्वासमा समस्या हुनु ।
बच्ने उपाय
- किर्नाको टोकाइबाट सुरक्षित रहन खेत, झाडी वा वन जंगल जाँदा लामो बाउला भएको कपडा लगाउने ।
- खुल्ला चौरमा बस्दा कपडा ओच्छ्याएर मात्र बस्ने ।
- घर वरिपरिको खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र सफा राख्ने ।
- झाडीमा जाँदा जुत्ता लगाउने ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुनसँग मेरो न्युजकर्मी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया