कोभिडसँग लक्षण मिल्ने स्क्रब टाइफसबाट कसरी बच्ने ?
साउन र भदौँमा स्क्रब टाइफस देखिन्छ, सचेत बनौँ

स्क्रब टाइफस र कोरोना भाइरस (कोभिड-१९)को लक्षण मिल्दो जुल्दो छ । ज्वरो आउने । स्वासप्रश्वासमा समस्या आउने । वाक वाक लाग्ने । बान्ता हुनेलगायतका लक्षण मिल्ने गर्छ । यस्ता लक्षण देखिएपछि धेरैले कोभिड परीक्षण गर्छन् । कोभिड रिपोर्ट नेगेटिभ आएपछि केही होइन भन्ने हुन्छन् । कोभिड होइन रहेछ भनेर एन्टिबायोटिक औषधि खाने गरेको देखिन्छ । तर, त्यसरी खानु हुँदैन । यदि, कोरोना नेगेटिभ देखिए स्क्रब टाइफसको परीक्षण गर्नु पर्छ । स्क्रब टाइफस देखिए माटाइफाड हुने हुन्छ ।
टेकु अस्पतालमा कोभिड संक्रमण देखिनुभन्दा अघि स्क्रब टाइफसका बिरामी आउने गर्थे । तर, अस्पताललाई कोभिड अस्पताल बनाएपछि त्यस्ता बिरामी आउँदैनन् । साउन र भदौँ महिनामा स्क्रब टाइफसका बिरामी देखिने गर्छन् । अहिले पनि अन्य जिल्लामा यसका बिरामी फाटफुट देखिरहेका छन् ।
यो मुसामा देखिने एक प्रकारको सानो किर्ना अर्थात माइट आँखाले देख्न गाह्रो हुन्छ । त्यसले हाम्रो शरीरको काखी, खुट्टाको काप, ढाड छातीमा टोक्छ । त्यसले टोकेपछि हामीमा स्क्रब टाइफस भन्ने रोग लाग्ने हो । यसको समयमा उपचार गर्न सकेमा निको हुन्छ । तर, यसलाई समयमा पहिचान गरिएन् भने शरीरका अंगहरू कलेजो, फोक्सो आदिको संक्रमण भई गम्भीर असर गरी मृत्युसमेत हुन्छ ।
सामान्यतय शहरभन्दा गाउँघरका मानिसहरू स्क्रब टाइफसबाट प्रभावित भएका देखिन्छ । फोहोरमा मुसाको लागि चलखेल गर्ने राम्रो वातावरण हो । सहरमा पनि स्क्रब टाइफसको जोखिम देखिन सक्छ । भारतको तथ्यांक हेर्दा स्क्रब टाइफसका बिरामीहरू बढेका छन् । कतै नेपालमा पनि स्क्रब टाइफस घातक भएर आउने त हैन भन्ने शंका गर्न सकिन्छ । नेपाल र भारतको बीचको खुल्ला सिमानाका कारण यो समस्या नेपालमा पनि आउन सक्ने सम्भावना छ ।
भाइरस संक्रमणले शरीरमा बिमिरा आउने हुन्छ । त्यो कोरोनाका बिरामीमा पनि देखिन्छ । डेँगुका बिरामीमा पनि । स्क्रब टाइफसका बिरामीमा कानमा आवाज आएजस्तो मात्र हुन्छ । जुन स्थानमा पहिला-पहिला स्क्रब टाइफस देखिएका छन् । यदि, स्क्रब टाइफसका लक्षण देखिएमा ‘डक्सिसाइक्लिन’ भन्ने औषधि लिन सकिन्छ ।
यो परीक्षण गर्ने सुविधा नभएको खण्डमा मात्र प्रयोग गर्ने हो । तर, सकेसम्म परीक्षण गर्नु राम्रो हुन्छ । यसले ४८ घण्टामा ज्वरो घटाउँछ । यो औषधि गर्भवती र ८ वर्ष मुनिका बालबालिकाहरूलाई दिनु हुँदैन । उनीहरूलाई एजिसोमाइसेन नामक औषधि दिन सकिन्छ । यसका कुनै पनि लक्षण देखिए स्वास्थ्यकर्मीसँग सल्लाह गर्नु पर्छ । हालसम्म यसको कुनै खोप बनिसकेको छैन ।
यसका लक्षणहरू
- उच्च ज्वरो आउनु,
- आँखा रातो हुनु,
- शरीरमा बिमिरा देखिनु,
- धेरै टाउको दुख्नु,
- टोकेको ठाउँमा चिलाउने वा कहिले काही कालो दाग देखिनु,
- जोर्नी र मांसपेशी दुख्नु,
- खोकी, बान्ता पेट दुखाई तथा पखाला लाग्नु र श्वास प्रश्वासमा समस्या हुनु ।
बच्ने उपाय
- किर्नाको टोकाइबाट सुरक्षित रहन खेत, झाडी वा वन जंगल जाँदा लामो बाउला भएको कपडा लगाउने ।
- खुल्ला चौरमा बस्दा कपडा ओच्छ्याएर मात्र बस्ने ।
- घर वरिपरिको खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र सफा राख्ने ।
- झाडीमा जाँदा जुत्ता लगाउने ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुनसँग मेरो न्युजकर्मी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया