झण्डै ७५ लाख रुपैयाँको औषधिले भरिएको गाडी बरामद
मेरोन्यूज
२०७८ भदौ १९ गते १५:५३
काठमाडौँ । सिरहाको लहान नगरपालिका १९ कटहा चोकबाट प्रहरीले करिब ७५ लाख रुपैयाँ बराबरको औषधि भरिएको अटो गाडी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेसँगै अटोलाई छाडेर चालक भागेका थिए । लु १ स ८००७ नम्बरको अटोमा जाँच गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रिकल केटु–सेभेन १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट औषधि ५ कार्टुन बरामद भएको छ । उक्त औषधिको मूल्य करिब ७५ लाख ५६ हजार ८ सय रुपैयाँ हुने गर्दछ ।
भारतीय बजारबाट भन्सार छलेर ल्याएको उक्त औषधीहरु र अटो विहान करिब २ बजे बरामद गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया