एमसीसी झुक्याएर पास गर्न लागेको केपी ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाले दिने भनेको एमसीसीले सरकारले झुक्याएर पास गर्न लागेको दाबी गरेका छन् ।
शनिवार राष्ट्रिय सभागृहमा आयोजना गरेको नेकपा एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले एमसीसी झुक्याएर पास गर्न लागेको हुँदा सत्ता गठनबन्धनका नेताहरु मौन बसेको बताए ।
एमसीसीबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नबोलेको भन्दै आलोचना गरे । एमसीसी के गर्ने भनेर उनीहरुले बोल्नुपर्ने ओलीको भनाई छ ।
चीनसँग कुनै सीमा विवाद छैन
एमाले अध्यक्ष ओलीले चीनसँग कुनै सीमा विवाद नभएको पनि दाबी गरेका छन् ।
बर्तमान गठबन्धन सरकारले सीमा विवाद अध्ययन समिति बनाएर कसैलाई खुशी पार्न लागेको पनि आरोप लगाए ।
‘यो सरकारलाई चुनौती दिएर भन्न चाहन्छु,’ ओलीले भने,–‘यो समितिले सीमा विवाद देखाओस् ।’ उनले देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध पनि बिगार्न खोलेको आरोप लगाए ।
एमाले सरकार नभई मेलम्ची आउँदैन
एमाले अध्यक्ष ओलीले अहिलेको एमालेको सरकार नभई काठमाडौंमा मेलम्चीको पानी नआउने पनि दाबी गरेका छन् ।
मेलम्चीमा बाढीले क्षति गरिसकेपछि आफ्नो नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरिरहेको उनको भनाइ थियो ।
ओलीले आगामी निर्वाचनबाट एमालेले जितेर सरकार बनेपछि मात्रै काठमाडौंमा मेलम्चीको पानी आउने दाबी गरे । एमालेले बाहेकर अरु कसैले मेलम्चीको पानी ल्याउन नसक्ने ओलीको भनाई थियो ।















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया