चितवन कांग्रेस सभापतिका लागि ८ जना मैदानमा

चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि आठ जना मैदानमा उत्रिएका छन् । चितवनमा आगामी असोज १० गते जिल्ला समितिको निर्वाचन हुने तय भएको छ ।
चितवनका हालका जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि जिल्ला नेतृत्वमा ८ जनाले दाबी गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेदेखि वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ र पूर्व सांसद जगन्नाथ पौडेलसमेतले जिल्ला सभापतिको दाबी गरेका छन् ।
चितवनका उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी पनि कांग्रेस जिल्ला सभापतिको चुनावी प्रतिष्पर्धामा छन् ।
यस्तै, क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले पनि सभापति पदको उम्मेदवारी घोषणा गरेर प्रचार थालेका छन् ।
चितवनमा वडा अधिवेशनबाट दुई हजार ९ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने चितवन कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस जिल्ला समिति चितवनले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेको थियो ।
















इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया