कांग्रेस नेता महतले गरे एमसीसीको बचाऊ, सैन्य प्रयोजनका लागि नभएको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बचाउ गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री महतले एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा नै उल्लेख भएको दाबी गरे । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्नेसमेत स्पष्ट गरे ।
एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई भने अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
कांग्रेस सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको पनि बताए ।
नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै महतले अमेरिकी सरकारले यसबारेमा स्पष्ट पार्ने विश्वाससमेत व्यक्त गरे ।
कैयौं सरकारको सहभागितामा टुंगो लागिसकेको विषय भन्दै नेता महतले एमसीसीको बचाउ गरे ।
नेपालले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउन लागेको भन्दै उनले अर्थ मन्त्रालयको संयन्त्रले यसको कार्यान्वयन गर्नेसमेत स्पष्ट गरे ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्नेसमेत महतले जानकारी दिए । धेरैले नपढेर एमसीसीको विरोध गरेको पनि नेता महतको भनाइ थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया