भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल सरकारले छिमेकी मित्र राष्ट्रहरूका राष्ट्र प्रमुखविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने जनाएको छ । गत शुक्रबार सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)का भातृ संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरी नारा लगाएसँगै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
उक्त घटना भएसँगै सरकारले आगामी दिनमा यस प्रकारको कुनै गतिविधि नगर्नसमेत ध्यानकार्षण गराएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको पत्र भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको छ ।’
यस्तै, विज्ञप्तिमा सरकारले सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको जनाएको छ । मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूनीतिक माध्यमबाट समाधान गरिदै आएकाले आगामी दिनमा समेत सोही माध्यमबाट समाधान गर्ने गृहले जनाएको छ ।
गत शुक्रबार दार्चुलामा भएको घटनाको विरोधमा माधव कुमार नेपाल नेतृत्वको पार्टीका विद्यार्थी संगठनले मोदीको पुत्ला दहन गरेका थिए । उनीहरूले दार्चुलाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा नदीमा खसेर बेपत्ता भएको भन्दै भारतविरुद्ध आन्दोलन गरेका थिए ।

















देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया