एनएमए नेशनल हेल्थ समिट ९ असोजमा हुने

काठमाडौं । नेपाल चिकित्सक संघले आगामी ९ असोजमा एनएमए नेशनल हेल्थ समिट २०२१ गर्ने भएको छ । कोरोना महामारीका क्रममा भोगेका र सिकेका विषयमा छलफल गरी महामारी सम्बन्धी आवश्यक नीति तथा स्वास्थ्य पूर्वाधार तयार गर्न टेवा पुर्याउँने उदेश्यले समिटको आयोजना गर्न लागेको हो ।समिटको लागि यसपटकको नारा नेपालमा महामारीको तयारी रहेको छ ।
संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एशोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर प्रत्येक वर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा यस्तो समित गर्न लागिएको हो। सम्मेलनका लागि संघले पूर्व अध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा.अन्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजन समिति र डा। कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति बनाएको छ।
संघका अध्यक्ष डा. लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली र आम नागरिकका भोगाई र सिकाईका आधारमा भावी नीति तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
उनले समिटमा प्रस्तुत कार्यपत्र, विज्ञ विचार र प्रश्नका आधारमा सारांश तयार गरी सरकारका विभिन्न निकाय र मन्त्रालयमा बुझाउँने योजना रहेको समेत बताए ।
आयोजक समितिका सह–अध्यक्ष डा.अन्जनीकुमार झाले संघको वर्तमान नेतृत्वले महामारीमा उल्लेखनीय काम गरेको र यसका क्रममा भोगेका अनुभव र देशभरका आम चिकित्सकले महामारीमा भोगेका समस्याबाट सिकेर आगामी दिनमा मार्गदर्शन हुनेगरी समिटको विषय महामारीसम्बन्धी नै छानिएको समेत बताए ।
संघका महासचिव डा. बद्री रिजालले समिटका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तिब्रताका साथ अगाडी बढाईरहेको जानकारी दिए ।
यसपटक सम्मेलनका लागि ५ वटा छलफलका मुख्य विषय छानिएका छन् । जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशाधन र सेवा प्रवाह, कोभिड १९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आवष्किार मुख्य विषय छन् ।
डा. रिजालका अनुसार समिटका समूहगत छलफलका विषयलाई राष्ट्रिय टेलिभिजन एवं सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिनेछ । बैज्ञानिक सत्रका लागि ५ वटा मुल विषय छनौट गरिसकिएको र ती विषयमा छलफलका लागि अध्यक्ष, सह–अध्यक्ष, प्यानलिस्ट, स्पिकर र मोडरेटरसमेत छानी सकिएको संघले जनाएको छ।
वैज्ञानिक समितिकी संयोजक डा.कुसुम थापाले यो वर्ष विषय र सहभाी छनौट गर्दा महामारीमा काम गरेका र जिम्मेवारी लिएकाहरुमा बढी फोकस भएको बताए ।
यसले नेपालको स्वास्थ्य प्रणाली सुधार गर्दै जारी रहेको कोरोना महामारी र आगामी दिनमा पनि आउँनसक्ने यी र यस्तै स्वास्थ्य संकटका सामना गर्न सवल स्वास्थ्य प्रणाली निर्माणका लागि टेवा पु¥याउने संघले विश्वास लिएको छ ।
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया