जनमोर्चाले गर्यो एमसीसीविरुद्ध विरोध कार्यक्रमको घोषणा, २२ दल पनि आन्दोलनमा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसिसीविरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ । गृह मन्त्रालयले एमसीसीको विरोध नगर्न आह्वान गरेलगत्तै जनमोर्चाले आन्दोलनको घोषणा गरेको हो ।
राष्ट्रिय जनमोर्चाले भदौ २२ गतेदेखि एमसीसीविरुद्ध सडक आन्दोलन गर्ने जनाएको छ । उसले एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकताविरुद्ध भएको ठहर गर्दै देशव्यापी सांकेतिक विरोध कार्यक्रमका अपिल गरेको छ ।
वर्तमान कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको दल राष्ट्रिय जनमोर्चाले एमसीसीकाबारेमा गठबन्धनबीच कुनै छलफल नभएको जनाएको छ ।
एमसीसीबारे जनमोर्चाबाहेक गठबन्धनका दलहरुबीचको छलफल, एमसीसीको विज्ञापन, एमसीसी उपाध्यक्षको भ्रमण, एमसीसी पारित संसदबाट पारित गराउन अमेरिकाले दिएको दबाबलले एमसीसी पारित गर्ने चलखेल भएको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सत्ता गठबन्धन दल जनमोर्चासहित अन्य २२ दलले पनि एमसीसी विरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।
२२ राजनीतिक सङ्गठनको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार नै विज्ञप्ति जारी गरी एमसीसीविरुद्धको प्रदर्शनमा भाग लिन आह्वान गरेका छन् ।
एमसीसी परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमण राष्ट्रहित विपरित हुने भन्दै भ्रमण स्थगित गर्न नगरिए आन्दोलन चर्काउने २२ दलीय गठबन्धनले चेतावनी दिएको छ ।

















निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया