कोभिड संक्रमण र मौसमी इन्फ्लुएन्जा उस्तै हुन् ?

काठमाडौं ।चिकित्सकहरुका अनुसार लक्षणका आधारमा कोभिड–१९ जस्तै देखिने भए पनि मौसमी इन्फ्लुएन्जा कोभिडजस्तो घातक भने नहुने बताउँछन् । यस्तो संक्रमण ३० भन्दा बढी कारणले देखिन सक्ने उनीहरूको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार
कोभिड संक्रमण भएमा तीनदेखि पाँच दिनमा समेत लक्षण देखिन सक्ने हुन्छ भने मौसमी इन्फ्लुएन्जा एक्कासि लक्षण देखिने प्रकृतिको हुन्छ । यसरी एक्कासी ज्वरो बढ्ने, टाउको दुख्ने भएमा एन्फ्लुएन्जाको लक्षण भन्न सकिन्छ ।
“सामान्यतया यस्ताखाले भाइरल रुघाखोकी, इन्फ्लुएन्जालगायतले गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या ननिम्त्याउने भएकाले नेपालमा यसलाई सामान्य रूपमा लिने गरिएको छ । यस्ताखाले समस्या आफैँ निको भएर जाने भएकाले परीक्षण पनि कम हुने गरेको छ ।”
उनका अनुसा कहिलेकाहीँ भाइरल रुघाखोकी भनेर परीक्षण नगराई बस्दा दुई हप्तापछि पनि गम्भीर समस्या देखिनसक्छ । पहिलो र दोस्रो लहरको कोभिड संक्रमणमा नेपालमा यस्तै अवस्था देखिएको थियो ।
ज्वरो आएको वा कोभिडसँग मिल्दोजुल्ल्दो लक्षण देखिएको तीन दिनसम्म पनि निको नभएमा कोभिड परीक्षण अवश्य गराउनुपर्छ ।
ताकि, एकैपटक गम्भीर समस्या नदेखियोस्, अहिले देखिएको भाइरल रुघाखोकी वा ज्वरो कोभिड संक्रमण हो वा होइन भनी घरमै बसेर पत्ता लगाउन नसकिने डा. बास्तोलाको भनाइ छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएर तीन दिनभन्दा बढी बिरामी भएमा पीसीआर परीक्षण गराउन डा. बास्तोलाको सुझाव छ
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया