काठमाडौँको सिडिओ परिवर्तन हुँदै, रिजालको सम्भावना
काठमाडौँ । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्न लागेको छ । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले काठमाडौँका सिडिओ काली प्रसाद पराजुलीलाई प्रदेश कार्यालयमा सरुवा गर्ने प्रस्ताव सामान्य प्रशासन मन्त्रालयले लैजान लागेको मन्त्रालय स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार गृह मन्त्रालयका प्रशासन महाशाखामा रहेका गोविन्द रिजाललाई काठमाडौँको सिडिओको रुपमा पठाउने तयारी गृह मन्त्रालयले गरेको छ ।

काठमाडौँको सिडिओमा आउने तयारीमा रहेका रिजालले यसअघि समेत आधा दर्जनभन्दा बढी जिल्लाहरूको सिडिओ भएर काम गरेको अनुभव छ । उनले कैलाली, दाङ, रौतहट, मकवानपुरलगायत जिल्लामा सिडिओ भएर काम गरेका छन् ।
विं.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटनामा भयो । सो घटनापछि कैलालीमा थारू र पहाडी समुदायबीच लामो समय आशंकाको अवस्था सृजना भएको थियो । रिजाल कैलालीमा सिडिओ भएर गएपछि दुई समुदायबीच सम्बन्ध सुधार गर्न र शान्ति सुरक्षा कायम गर्न सफल भएर फर्किएका थिए । उनी जटिल परिस्थितिको सामना गर्न सक्ने कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।
श्रम तथा रोजगार मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह पनि काठमाडौँको सिडियोमा जान रूची देखाएका छन् । तर, उनलाई प्रधानमन्त्री कार्यालय वा सञ्चार मन्त्रालय पठाएर व्यवस्थापन गर्ने सामान्य प्रशासन मन्त्रालयको योजना छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया