सोमबार, पुष १४, २०८२

नख्खु कारागारको घटना छानविन गर्न समिति गठन

मेरोन्यूज २०७८ भदौ २१ गते १५:४२

काठमाडौं । आइतबार ललितपुरस्थित नख्खु कारागारमा भएको झडपको विषयमा अनुसन्धान गर्नको लागि छानविन समिति गठन भएको छ ।

कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा छानविन समिति गठन गरेको हो । समितिले १० दिनभित्र प्रतिवेदन बुझाउन पर्ने छ ।

विभागका निर्देशक तिवारीका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत दीपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजदल गणका अधिकृत सदस्य छन् ।

६ सदस्य रहेको भनिए पनि चिठी आफ्नो हातमा परिनसकेको भन्दै तिवारीले चिठी हात नपर्दासम्म यकिनका नहुने बताए ।

आइतबार नाइकेले कारागारभित्रको क्यान्टिनमा खानाको मूल्य बढाएको निहुँमा शुरु भएको विवादले उग्र रुप लिँदा कुटाकुट भएको थियो ।

याे पनि पढ्नुस्

कारागारभित्रै किन हुन्छन् आपराधिक घटना ?

प्रतिक्रिया