मंगलबार, फागुन ५, २०८२

सत्ता गठबन्धनप्रति ओलीको ब्यङग्यः बेदको मन्त्रमा पनि केपी ओली देख्छन्

सभामुख सापकोटालाई ओलीले धज्जी उडाए

मेरोन्यूज २०७८ भदौ २१ गते १८:२३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेदको मन्त्रमा पनि केपी ओली देख्ने गरेको भन्दै सत्ता गठबन्धनप्रति ब्यङग्य गरेका छन् ।

सोमबार काठमाडौंमा युवा संघको कार्यक्रममा बोल्दै ओलीले ‘सर्वे भवन्तु सुखिनाम, सर्वे सन्तु निरामया’ भन्न पनि उनीहरु डराउने भन्दै अरु दलहरुप्रति ब्यङग्य गरे ।

मुलुकको धार्मिक सांस्कृतिक अवस्थाका निकै चर्चा गरेका उनले नेपालको सबैभन्दा पुरानो ग्रन्थ नेपालमै स्थापना भएको उल्लेख गरे । धार्मिक चर्चा गर्दै उनले पहिलो नृत्यकार शिव, कथा मात्र नभएको टिप्पणी गरे ।

प्राकृतिक रुपमा नेपाल धनी देश भएको चर्चा गरेका ओलीले मुलुको विकास निर्माण सबै आफ्नै नेतृत्वको सरकारले गरेको चर्चा गर्न भ्याए ।

Advertisement
nepal life insurencenepal life insurence

पन्ध्र महिनापछि यो सरकारले खोजेर पाइँदैन

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अबको १५ महिनापछि खोजेर पनि नपाइने दाबी गरे ।

‘आउदो मंसिर ७९ सालको मंसिरसम्ममा चुनाव गर्नैपर्छ । अब १४ महिना रह्यो ।’, ओलीले भने–‘१५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन ।’

देउवा नेतृत्वको सरकार केही दिनको मेजमान र अवैध सम्बन्धको पाहुना भएको भन्दै नेपाली जनताले छिटै बिदा गर्नुपर्ने ओलीले उल्लेख गरे ।
तर यो सरकारलाई विस्थापित गर्न युवाहरु उठ्नुपर्ने ओलीको भनाइ थियो । ‘तपाइहरु सुत्नु भयो भने यो सरकार रहिरहन्छ ।’ ओलीले युवा संघका कार्यकर्तालाई उद्दृत गर्दै भने ।

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी एमालेसँग सबैको सातो गएको बताए । एमालेको जरा खन्दा पनि उखेल्न नसकेर, अदालतमा गएर परमादेश मागेको उनले बताए ।

अबको एमाले तोड्दा पनि नतोडिने, भत्काउँदा नभत्किने, लोभीपापी नभई देश बनाउने पार्टी बनाउने ओलीले दाबी गरे ।

उनले आफ्ना पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका माधव नेपाल पक्षलाई पनि कटु आलोचना गरे । उनले एमाले पार्टी छाडेकाहरुलाई लोभीपापीको संज्ञा दिए । अहिले पनि केही बिकाउ मान्छे देखेर आफू हैरान भएको ओलीको भनाई थियो ।

केही ढंग नभएको मान्छे सभामुखको कुर्चीमा विराजमान

एमाले अध्यक्ष ओलीले राजनीतिक दलका नेताहरुलाई मात्रै आलोचना गरेनन्, सभामुख अग्नि प्रसाद सापकोटाको पनि धज्जी उडाए ।

उनले सभामुख सापकोटालाई सभामुख हो कि पार्टी कार्यकर्ता वा कसैको मोहरा हो भनेर संसदमा सोधिने पनि उल्लेख गरे ।

‘अग्निप्रसाद सापकोटा गठबन्धनको प्यादा हो कि के हो, त्यस विषयमा हामीले सोध्नैपर्छ ।’– ओलीले निकै आक्रोशित शैलीमा भने ।

उनले कुनै पनि नियम, कानून र ढंग नभएको मान्छे सभामुखको कुर्चीमा विराजमान भएको भनेर आलोचना गरिरहँदा कार्यकर्ताहरु गलल्ल हाँसेका थिए ।

ओलीले सभामुख सापकोटालाई षड्यन्त्रको भागिदार, षड्यन्त्रको अंग बनेको पनि आरोप लगाए । ‘सभामुखको बारेमा गम्भीर प्रश्न उठाउनै पर्छ ।’ ओलीले दोहोर्याए ।

लिलिपुटको संगतबाट देउवा पनि लिलिपुट

ओलीले नेकपा एमालेबाट छुट्टिएर गएका माधव नेपाल पक्षसहित सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसलाई पनि निकै होच्याए ।

जाती समुदाय लिलिपुटको उदाहरण दिँदै उनले पाँच दलीय गठबन्धनलाई लिलिपुटको संज्ञा दिए ।

लिलिपुटहरुको संगतबाट कांग्रेस पनि लिलिपुट भएको टिप्पणी गरे ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा ११ वटा पुलदेखि विभिन्न आयोजनाको शिलान्यास गरेको भन्दै कांग्रेसलाई ठेक्कापट्टासमेत दिन नहुने बताए । ओलीले कांग्रेसको ठेक्कापट्टालाई दार्चुलाको तुइन प्रकरणसँग जोडे ।

‘कांग्रेसको भागमा ठेक्का पनि पर्न नहुने’, ओलीले भने,–‘कंग्रेसको हातमा ठेक्का लाग्यो भने जयसिंह धामीजस्तो हुन्छ ।’
पाँच गठबन्धनलाई पाँच भैयाको संज्ञा दिँदै ओलीले उनीहरुलाई पाँच फुटे भनी टिप्पणी गरे ।

‘यी पाँच भैया छन्, नी । कांग्रेसको त्यो हालत छ भने अरुको त केही गिन्ती गर्नुपदैन ।’, ओलीले हिसाब गर्दै प्रश्न गरे, –‘ एक एक फुटको पाँच वटा जोड्यो भने पाँच फुट हुन्छ, एउटै मान्छे छ फुटको छ भने को अग्लो हुन्छ ?’

एमाले अध्यक्ष ओलीले विकास निर्माण मात्र नभई प्रविधिको विकास पनि आफ्नै कारणले भएको चर्चा गरेका थिए ।

यो पनि पढ्नुस्

कपाल फुलेर मात्रै हो, नत्र म युवा नै हुँ स् केपी ओली

प्रतिक्रिया