गगनले भने– पार्टीलाई विधिसम्मत चलाउन महामन्त्रीमा उम्मेदवारी

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनसन बस्नुपर्नेस्थिति आउन नदिनको लागि महामन्त्रीमा उम्मेद्वारी दिएको बताए ।
नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भनेर नपत्याउन नसकिने उल्लेख गरे ।
नेता थापाले नयाँ काँग्रेस पुरानो दिनहरुलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताए ।
थापाले ठूला ठूला कुरा नगरी स–सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गरे । देशमा संविधानको शासनको पक्षमा उभिने काँग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उनले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनु पर्ने बताए ।
अहिले नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको थापाको भनाई छ ।
उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुईचार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटक समेत पुग्न तयार रहेको बताए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया