निजामती कर्मचारी दिवस मनाइँदै, ४० कर्मचारी सम्मानित हुँदै (नामावलीसहित)

काठमाडौँ । देशभर आज निजामती कर्मचारी दिवस मनाइँदै छ । निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो ।
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका मंगलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो ।
दिवसमा सरकारले निजामती कर्मचारीलाई सम्मानित गर्दै छ । दिवसका अवसरमा सरकारले ४० जना निजामती कर्मचारी सम्मानित गर्दै छ ।
सोमबार बसेको मन्त्रीपरषद्को बैठकले ४० जना कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । सरकारले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागेको हो । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ ।
दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने कोही छनोट भएको छैन । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।
दिवसको अवसरमा सरकारले वर्षेनी सर्वोत्कृष्ठ निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ । अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् ।


















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया