अझै दुई दिन मनसुनी गतिविधि बढ्ने

काठमाडौँ । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव पाँच डिग्री सेल्सियस छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया