एमालेको रिटमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । नेकपा (एमाले)को रिटमा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । निर्वाचन आयोग र सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षलाई झिकाउने आदेश दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई बोलाउने आदेश दिएको हो । एमालेले माधव नेपालसहितका १४ सांसदलाई कारबाही गर्न संसद सचिवालयमा निवेदन दिएको थियो । तर, सभामुख सापकोटाले कारबाही गर्न नपर्ने निर्णय गरेका थिए ।
यस्तै सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको छ । माधव कुमार नेपालले दर्ता गरेको एकीकृत समाजवालदी दल गैरकानूनी भएको भन्दै बदर गर्न माग गरेको रिटमा १५ दिनभित्र आयोगलाई लिखित जवाफ मागेकाे हो । आयोगको जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया