मंगलबार, फागुन ५, २०८२

एमसीसीविरुद्ध नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने, यस्तो छ विरोधका कार्यक्रम

मेरोन्यूज २०७८ भदौ २२ गते १५:३४

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ । भोलिदेखि पार्टीले देशव्यापी विरोध गरी आगामी २८ गते काठमाडौँमा हुने प्रदर्शनसहितको भेलालाई पार्टी अध्यक्ष विप्लवले सम्बोधन गर्ने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार एमसीसीविरुद्ध आगामी २८ गते काठमाडौँमा हुने भेलालाई विप्लवले सम्बोधन गर्ने भएका हुन् । ‘राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध देशव्यापी संघर्षमा जुटौँ,’ उनले भने, ‘हाम्रो पार्टीले आगामी २८ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ, प्रदर्शनको भेलालाई पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नु हुनेछ ।’

नेकपाले भोलि २३ गते सम्पूर्ण जिल्लाहरू, स्थानीय तह र सहरहरूमा कोणसभा गर्ने भएको छ । यस्तै, २५ गते देशव्यापी विरोध प्रदर्शन, १६ गते एमसीसी सम्झौता कागज सबै जिल्लाहरूमा जलाउने कार्यक्रम रहेको छ ।

यस्तै, आगामी २७ गते जिल्ला सदरमुकाम र सहरहरूमा सिटी जुलुस र एमसीसी खारेजसम्बन्धि लेखेको बेलुन उडाउने र २८ गते काठमाडौँमा प्रदर्शनसहित सभा गर्ने र सोही भेलालाई पार्टी महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया