एमसीसी अघि बढाउने देउवाको संकेत
बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार बस्न लागेको संसदको बैठकमा चौतर्फी विरोधकाबीच एमसीसी अघि बढाउने संकेत गरेका छन् ।
मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले एससीसी अघि बढाउने संकेत गर्दै संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई अघि बढाउने धारणा राखेका थिए ।
एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानूनी प्रक्रिया अघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेर अघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राखेको सचेत भुसालले जानकारी दिइन् ।
काँग्रेस संसदीय दलले संघीय संसदको बुधबारबाट सुरु हुने बैठकमा संसदमा विचाराधिन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा विचाराधिन राजनीतिक दलसम्बन्धि अध्यादेशलगायतका अध्यादेश र विधेयकहरु संसदको पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराएका थिए ।
संसदीय दलका बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे पनि बुधबारकै बैठकमा संसदलाई जानकारी गराउने बताएका थिए ।
दार्चुला घटनाका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ संसदको पहिलो बैठकमा गृहमन्त्री खाँणले जानकारी गराउने विषयमा पनि दलको बैठकमा छलफल गरिएको सचेतक भुसालले बताइन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गरी बजेट सम्बन्धि अध्यादेश पनि पारित गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया