चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

भरतपुर । एभरेष्ट प्रिमियर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मंगलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो ।
ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् । ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई यसअघि नै चितवनले ५० हजारमा अनुबन्ध गरिसकेको छ । बाँकी चार खेलाडीबाट अन्तिममा एक खेलाडीलाई चितवनले अन्तिम टिममा समावेश गर्नेछ ।
छनोट भएका खेलाडीलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले टाइगर्सको क्याप प्रदान गर्दै स्वागत गरेका थिए । सो क्रममा भट्टराईले युवा खेलाडीलाई टिमले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीलाई सिक्ने अवसर मिलेको बताए । उनले इपीएल सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीलाई विदेशी खेलाडीबाट सिक्ने मौका मिल्ने बताए ।
ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० गते देखि सहभागी भएका थिए । उनीहरुमध्ये एक जनालाई आगामी असोज २ गते अन्तिम टोलीमा घोषणा गरिने छ । कार्यक्रममा चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्ट, चितवन टाइगर्सका प्रमुख भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट आगामी असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

















बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
प्रतिक्रिया