गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा तीन जिल्ला अति उत्कृष्ट

काठमाडौँ । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा तीन जिल्ला अति उत्कृष्टसहित प्रथम बनेका छन् । मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले गरेको मूल्यांकन अनुसार झापा, अर्घाखाँची र रुकुम(पूर्व) अति उत्कृष्टसहित प्रथम बनेका हुन् ।
यस्तै ललितपुर र रुकुम पश्चिम उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो र गुल्मी तेस्रो स्थानमा परेका छन् । मन्त्रालयले सूचना जारी गर्दै कार्यसम्पादनमा अब्बल देखिएका जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने जनाएको छ । उत्कृष्ट कार्यसम्पादन स्तर भएका ११ जिल्ला छन् भने उत्तम, मध्यम र न्यून कार्यसम्पादन स्तर भएका जिल्ला क्रमशः १८, २१ र २१ वटा रहेको मन्त्रालयले जनाएको छ ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयर सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको समग्र मापनका आधारमा मूल्याङ्कन गरिएको महाशाखा प्रमुख कमल ढकालले जानकारी गराए ।
गृह प्रशासन सुधार कार्य योजना, २०७४ अनुसार कार्यक्षेत्र तथा कानुनी प्रावधान भित्र रही मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता गर्ने गरिएको छ ।












क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया