गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा तीन जिल्ला अति उत्कृष्ट

काठमाडौँ । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा तीन जिल्ला अति उत्कृष्टसहित प्रथम बनेका छन् । मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले गरेको मूल्यांकन अनुसार झापा, अर्घाखाँची र रुकुम(पूर्व) अति उत्कृष्टसहित प्रथम बनेका हुन् ।
यस्तै ललितपुर र रुकुम पश्चिम उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो र गुल्मी तेस्रो स्थानमा परेका छन् । मन्त्रालयले सूचना जारी गर्दै कार्यसम्पादनमा अब्बल देखिएका जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने जनाएको छ । उत्कृष्ट कार्यसम्पादन स्तर भएका ११ जिल्ला छन् भने उत्तम, मध्यम र न्यून कार्यसम्पादन स्तर भएका जिल्ला क्रमशः १८, २१ र २१ वटा रहेको मन्त्रालयले जनाएको छ ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयर सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको समग्र मापनका आधारमा मूल्याङ्कन गरिएको महाशाखा प्रमुख कमल ढकालले जानकारी गराए ।
गृह प्रशासन सुधार कार्य योजना, २०७४ अनुसार कार्यक्षेत्र तथा कानुनी प्रावधान भित्र रही मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता गर्ने गरिएको छ ।

















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया