सत्ता गठबन्धन तोड्ने षडयन्त्र छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तोडने षडायन्त्र भईरहेको बताएका छन् ।
एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउन सकिन्छ कि भनेर एकथरी मान्छेहरु लागिराखेको भन्दै प्रचण्डले यथास्थितीमा एमसीसी पारित गर्न नहुने पक्षमा आफ्नो पार्टी रहेको बताएका हुन् ।
माओवादी शहीद सुरेश वाग्लेको २२ औं स्मृति दिवसमा आज पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै प्रचण्डले एमसीसीलाई प्रयोग गरेर गठवन्धन तोडन देशभित्र, वाहिरबाट षड्यन्त्र भईरहेको बताएका हुन् ।
‘गठबन्धन तोड्ने षडयन्त्र छ, देशभित्रबाट, बाहिरबाट, प्रतिगमनलाई परास्त गरेको गठबन्धनलाई विभाजन के गरी गर्ने, यसलाई एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि भनेर एकथरी लागिराख्या छन्, हामीचाहिँ ‘यथास्थितिमा एमसीसी हुँदैन भनिराख्या छौं’ प्रचण्डले भने –‘हामी सकेसम्म गठबन्धनलाई पनि बचाएर यसको समाधान होस्, देश र जनतालाई क्षति नहुने ढंगले होस् भन्ने चाहेका छौं, तर अर्को वर्ग चुप लागेर बसेको छैन। अर्को वर्ग पनि पूरै गठबन्धनका साथ यो गठबन्धन के गरी तोड्ने, प्रतिक्रान्तिलाई के गरी निरन्तर अघि बढाउने , माओवादीलाई केगरी घेरा हालेर सिध्याउने भनेर लागिराख्या छन्।’
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया