एमाले संसदीय दलको बैठक : एमसीसी र सभामुखबारे सांसदहरुको सुझाव

काठमाडौँ । नेकपा एमालेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा मागे गरेका छन् । बानेश्वरमा जारी संघीय संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको स्पष्ट धारणा मागेका छन् ।
उनीहरुले जनताको भावना अनुसार एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका छन् । सांसद निरुदेवी पाल, विमला विक, जुली महतो, राजबहादुर बुढा, शिवमाया तुम्वाहाम्फे, भगवती न्यौपाने लगाएतले आफ्नो धारणा राख्दै एमसीसीबारे जनताको भावना अनुरुप निर्णय हुनुपर्ने बताएका छन् ।
यस्तै उनीहरुले सभामुख अग्नीप्रसाद सपकोटाको राजीनामा माग्नुपर्ने बताएको छन् । प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसदहरुले राजीनामा माग्नुपर्नेमा जोड दिए । उनीहरुले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्नु पर्ने पनि बताए । बैठकमा २५ जना सांसदहरूले आफ्नो सुझाव राखेका छन् ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया