राष्ट्रियसभा बैठक पनि आधा घण्टाका लागि स्थगित
मेरोन्यूज
२०७८ भदौ २३ गते १६:३८

काठमाडौं । नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका कारण राष्ट्रियसभाको बैठक पनि आधा घण्टाका लागि स्थगित भएको छ ।
वैठक शुरु भए लगत्तै एमाले सांसदहरुले नाराबाजी गर्दै वैठक अवरुद्ध गरेका थिए । नेकपा एमाले विभाजनको विषयलाई लिएर राष्ट्रिय सभामा पनि एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
एमालेबाट विभाजित भई निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) पार्टीको बैधानिकता पाइसकेका सांसदहरुलाई बैठकमा उपस्थित गर्न नहुने एमाले सांसदहरुको माग छ ।
एमाले सांसदहरुको अवरोधपछि बैठक आधा घण्टाको लागि स्थगित गरिएको हो ।
यसअघि आजै अपरान्ह बसेको प्रतिनिधिसभाको बैठक पनि एमाले सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया