एमालेको अवरोधपछि संसदको दोस्रो बैठक पनि स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधपछि १५ मिनेट स्थगित भएको प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले उठेर नाराबाजी जारी राखेपछि बैठक कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।
एमालेले सभामुखले आफ्ना सांसदहरुलाई कारबाही नगरेको र यसको चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसद अवरुद्ध गरेका हुन्।
एमाले विभाजनमा सभामुखले सहयोगीको भूमिका खेलेको एमालेको आरोप छ । सभामुखले पार्टी फुटाउन भूमिका खेलेको एमालेको आरोपको खण्डन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमावलीबारे ध्यानाकर्षण गराएका थिए ।
एमालेको नाराबाजी भइरहँदा सभामुख सापकोटाले सभामुखको भूमिकालाई लिएर प्रश्न गर्न नपाइने प्रतिनिधिसभाको नियमावलीको व्यवस्थातर्फ ध्यानाकर्षण गराए ।
सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीकाबीच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाएका थिए । जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादव रहेका छन् ।
सभामुख सापकोटाले आफु संविधान, नियम, कानून र ऐन अनुसार अगाडि बढ्न प्रतिवद्ध रहेको र आफूले संविधान, नियम, कानूनको बर्खिलाप केही नगरेको भन्दै पटक पटक बैठक सञ्चालन दिन अनुरोध गरेपनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन् ।
एमाले सांसदहरुले लागतार नाराबाजी गरेपछि एमाले सांसदहरुको मागबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरे पनि एमाले नाराबाजी र विरोध गरेपछि दोस्रो पटक पनि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।
यसअघि वैठक शुरु भए लगत्तै एमाले सांसदहरुले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रतिक्रिया